बुटवलमा रहेको मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आज मंगलबार मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरले संस्थाका पदाधिकारी,संचालक,कर्मचारीले सयुक्त रुपमा रक्तदान गरेको हस्पिटलले जनाएको हो । रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको हस्पिटलले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरले जनाएको छ ।

